दफा १८
कागजातहरू गोप्य राख्नु पर्ने

कर अधिकृतले कुनै व्यक्तिको सम्पत्ति कर सम्बन्धमा आफ्नो अधीनमा आएको कागजपत्र वा अन्य कुनै स्रोतबाट थाहा भएका कुराहरू गोप्य राख्नु पर्नेछ ।

त्यस्तो कागजपत्र वा गोप्य कुराहरू सम्पत्ति कर वा अन्य करको प्रयोजनको निमित्त बाहेक अन्य काममा प्रकाश गरिने वा कुनै अदालतमा प्रमाण लाग्ने छैन र अन्तिम कर निर्धारण हुनुअगावै नेपाल सरकारको अनुमति बिना कुनै अधिकारीले निरीक्षण वा अनुसन्धानको लागि माग गर्न समेत पाउने छैन ।

तर यो ऐनको कार्यान्वयन गर्नु पर्ने कर्तव्य भएको व्यक्तिलाई यो ऐनको प्रयोजनको निमित्त कुनै गोप्य कुरा प्रकाश गर्न आवश्यक भएमा निजलाई त्यस्तो गोप्यता प्रकट गर्न बाधा पर्ने छैन ।